नुवाकोटमा अन्तरविद्यालय देउसी भैलो प्रतियोगिता

नुवाकोट | कात्तिक १६, २०८१

नुवाकोटमा अन्तरविद्यालय देउसी भैलो प्रतियोगिता

नुवाकोट:   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका ६ विद्यालय सहभागी गराई प्रतियोगिता आयोजना गरेको हो । 

विद्यालयले विद्यार्थीलाई नै देउसीभैलोको गीत सृजना गर्न लगाएर प्रस्तुति दिन लगाएका थिए । 

 

प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका–५ को महादेव माविका प्रमिता तामाङले नेतृत्व गरेको समूह प्रथम भई नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । 

 

प्रतियोगतामा दोस्रो भएको बच्छलादेवी माविले १५ हजार र तेस्रो भएको रूक्मणि माविले १० हजार रुपैयाँ नगद पुस्कार प्राप्त गरेको छ ।

 

प्रतियोगितामा सहभागी भएका अन्य तीन विद्यालय सरस्वती मावि, कल्याण मावि र दुप्चेश्वर माविले पाँच हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

 

प्रतियोगितामा चर्चित कलाकार दामोदर खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो ।

 

प्रतियोगितामा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले  बालबालिकाका लागि प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुगेको बताए ।

 

उनले संस्कार र संस्कृतिको जगेर्नासँगै विद्यार्थीले आफ्नो क्षमताको प्रदर्शन गर्ने मञ्च सृजना गरेर रचनात्मक काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । 

 

उनले निर्वाचनहरूमा राजनीतिक रूपमा प्रतिस्पर्धा हुने भए पनि संस्कृतिको जगेर्ना र स्थानीय विकासका लागि सबै दलले हातेमालो गर्नुपर्ने बताए । 

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले संस्कृति संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । 

 

नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले विद्यार्थीलाई राजनीतिक दलको झण्डा बोकाउनुको साटो यस्तै रचनात्मक कार्यक्रम गरेर व्यावहारिक रूपमा सबल बनाउनुपर्ने बताए ।  

 

नेपाली कांग्रेसकी नेत्री एवं गाउँपालिकाको पूर्वउपाध्यक्ष अञ्जु आचार्यले प्रतियोगिताको सराहना गर्दै अन्य दलहरूले समेत यसबाट सिकेर काम गर्नुपर्ने सुझाव दिए । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्